२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 8.0K
    SHARES

  • images
    मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु


    काठमाडौं । तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडक दुर्घटना हुँदा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आज राति दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको सो मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा उनीहरु घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend