२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 6.9K
    SHARES

  • images
    अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन


    काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज बेलुका जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ । राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ ।

    राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सवैमा आग्रह गरिएको छ ।अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अंकित झण्डा झुण्ड्याइएको छ ।

    सयौं वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend