२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलरको भाउ स्थिर


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 8.8K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलरको भाउ स्थिर


    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

    सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोको भाउ बढेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ । आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

    आज १२ पैसाले बढेर युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा तोकिएको थियो।

    बेलायती पाउण्ड सटर्लिङ एकको सोमबार खरिददर १६८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रूपैयाँ २० पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५० पैसा र बिक्रीदर ८७ रूपैयाँ ८९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।

    यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ पैसा कायम हुदाँ चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९८ पैसामा काराेबार हुनेछ ।

    सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २४ पैसा कायम गरेको छ । 

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ८५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend