२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

लमजुङमा जिप दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते


  • आइतबार, माघ ७ २०८०
  • 8.2K
    SHARES

  • images
    लमजुङमा जिप दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

    लमजुङ, ७ माघ। लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    जिल्लाको दोर्दी गाउँपालिका-४, नौथर सेराबाट कामचोक जाँदै गरेको ग १ ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ ५:४० बजेको समयमा दुर्घटना भएको हो।

    दुर्घटना परी मृत्यु हुनेमा दोर्दी गाउँपालिका-४, का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। उनका अनुसार दुर्घटना परी दुई जना घाइते भएका छन्।

    घाइते हुनेहरूमा दोर्दी गाउँपालिका-४ की ५४ वर्षीया गंगामाया गुरुङ र सोही ठाउँकी ४७ वर्षीया मनी तामाङ रहेकी छिन्। उनीहरुको अवस्था मध्यम रहेको छ।

    घाइतेको उद्धार गरी उपचारका लागि सदरमुकाम बेशीसहर ल्याइएको उनले बताए। जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।

    जिपमा चालकसहित ६ जना सवार थिए। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend