२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बीपी प्रतिष्ठानको कार्यकारिणी बैठक राख्न प्रधानमन्त्री दाहालको निर्देशन  


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 7.9K
    SHARES

  • images
    बीपी प्रतिष्ठानको कार्यकारिणी बैठक राख्न प्रधानमन्त्री दाहालको निर्देशन  

     

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् । लामो समयदेखि विवादमा रहेको धरानस्थित प्रतिष्ठानको समस्या समाधानमा सरकारले ध्यान नै नदिएको आरोप लागेका बेला आइतबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित आफ्नो कार्यपक्षमा बोलाएर उपकुलपति डा. प्रह्लाद कार्कीलाई बैठक बोलाएर समस्याको हल निकाल्न निर्देशन दिएका हुन् । 

    उनले भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस् । अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

    यसैबीच प्रधानमन्त्री दाहालले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न पनि निर्देशन दिएका छन् ।  प्रधानमन्त्री दाहालले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए । 

    प्रतिष्ठानमा सात वर्षदेखि चिकित्सक, शिक्षक, कर्मचारीको सरुवाबढुवा रोकिनुका साथै सुविधा नपाएको भन्दै विवाद छ । चिकित्सकहरु आन्दोलित हुँदा पठनपाठनसँगै उपचार सेवामा समेत प्रतिकूल प्रभाव परेको छ । कामु उपकुलपति डा.कार्कीको कार्यकक्षमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले ताला लगाइदिएका थिए । अदालती आदेशपछि ताला खुले पनि आन्दोलित चिकित्सकको माग सुनुवाइ भएको छैन ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend