२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 आधा किलो सुनसहित कतारबाट  आएका युवक काठमाडौंमा समातिए


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 8.0K
    SHARES

  • images
     आधा किलो सुनसहित कतारबाट  आएका युवक काठमाडौंमा समातिए
     
     

    काठमाडौं ।  त्रिभुवन विमानस्थलबाट ४९९ ग्रामसहित एक जना पक्राउ परेका छन्। कतार एयरको जहाजबाट दोहा हुँदै काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र भण्डारीलाई भन्सार कार्यालयले पक्राउ गरेको हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार दर्जीलाई बिहान १० बजे पक्राउ गरिएको हो।

    त्रिभुवन भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको पाण्डेले बताए। उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा लगिएकोमा भन्सारले प्रहरी वृत्त गौशालाको हिरासतमा पठाएको छ।

    उनले कसको लागि सुन ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेले बताए। 'अहिले अनुसन्धान भइरहेको छ,' पाण्डेले भने, 'गौशाला वृत्तको हिरासतमा पठाएका छौं।' त्रिभुवन विमानस्थलमा पछिल्लो समय सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend