२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 दोहोरो अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 7.8K
    SHARES

  • images
     दोहोरो अंकले घट्यो सेयर बजार


    काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ६३ अंकले घटेर २,१३० दशमलव १८ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

    आज दिनभरिमा ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, अपि पावर कम्पनीको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । मिड सोलुका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक लगानीकर्ताले ८ दशलमव २७ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend