२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मुलुकको ठूलो जनसंख्या कृषिमा आश्रित रहेकाले कृषिबाटै देश समृद्ध हुन्छ : मन्त्री गुरुङ


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 9.0K
    SHARES

  • images
    मुलुकको ठूलो जनसंख्या कृषिमा आश्रित रहेकाले कृषिबाटै देश समृद्ध हुन्छ : मन्त्री गुरुङ

    काठमाडौं । कृषि क्षेत्रबाटै देशको आर्थिक विकास हुने सहरी विकासमन्त्री सीता गुरुङले बताएकी छिन् । आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी हुन् । उनले मुलुकको ठूलो जनसंख्या आजपनि कृषि पेशामा आश्रित रहेको भन्दै कृषिबाटै देश समृद्ध हुने बताइन् ।

    आज गृह जिल्ला तेह्रथुमको आठराई गाउँपालिका–४ मा निर्माण हुन लागेको कोल्ड स्टोर भवन शिलान्यास गर्दै मन्त्री गुरुङले गाउँमा किसानले उत्पादन गरेको कृषिउपजलाई समयाअनुकुल बजारमा पु¥याउन सके राम्रो आर्थिक लाभ हुनसक्ने बताइन् ।

    सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले पाँच करोड रुपैयाँ लागतमा चिस्यान केन्द्र भवन बनाउन लागेको हो । भवन निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

    ‘यो बहुवर्षे योजना हो । अहिले २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ,’ मन्त्री गुरुङले भनिन्, ‘समग्रमा यो चिस्यान केन्द्रका लागि ५ करोड रुपैयाँको भवन बन्नेछ ।’ उनले भवन बनेपछि गाउँमा उत्पादन भएको अदुवा, अलैँची, तरकारी र फलफुललगायत कृषि उपजलाई चिस्यान केन्द्रमा भण्डारण गरेर बजारसम्म पु¥याउन सजिलो हुने अपेक्षा गरिएको बताइन् ।

    ‘चुनावको बेला छवटै पालिकामा चिस्यान केन्द्रमा बनाउनुपर्ने तपाईहरुको माग थियो, त्यहीअनुसार कम्तिमा एउटा पालिकामा एउटा चिस्यान केन्द्र बनाऔँ भनेर मैले पहल गरेको छु,’ उनले भनिन् ।

    सरकारले देशैभररी व्यवसायिक कृषि उपजलाई जोड दिएर नीति तथा कार्यक्रम बनाएको भन्दै मन्त्री गुरुङले जमीन बाँझो नराख्न र उत्पादनमा जोड दिन आग्रह गरिन् । चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तेजकुमार ईङनामले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend