२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ : गर्भनर अधिकारी


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 10.2K
    SHARES

  • images
    अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ : गर्भनर अधिकारी

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उत्तारचढाबहरुबाट समाधान हुँदै जाने बताएका हुन् । 

    उनले भने,‘ समग्र रुपमा बैंकिङ सिस्टममा चुनौतीहरू छन् । चुनौतीविहीन हाम्रो सिस्टम छैन् । पछिल्ला समयमा खासगरी रिकभरीको चुनौती छ, यो सँधै रहने होइन । अर्थतन्त्रमा केही उत्तारचढाब आँउछन् तर मुलुकको अन्य खम्बाहरु बलियो बन्दै गएकाले त्यसले सपोर्ट गर्छ ।’ उनले समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रुपले हेर्ने गरेको साथै निर्माण सुस्त भएका कारण ठूला उद्योगमा असर परेको भएता पनि अर्थतन्त्र सोचेजति नकारात्मक नभएको दावी गरे । 

    उनले भने, ‘समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेरेपनि अर्थतन्त्र त्यस्तो नराम्रो छैन् । यद्यपी, लगानी कम भएकै हो । निर्माणहरु सुस्त भएको कारण ठूला उद्योगमा असर परेको छ । त्यसको सुधार हुन्छ भन्नेमा विश्वास छ ।’ 

    गर्भनर अधिकारीले बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेका भन्दै भने, ‘बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेको छ । समग्र माग चाहीं अलिक कमजोर भइरहेको छ । हाम्रो अर्थतन्त्रमा जसको फलस्वरुप प्रचुर रुपमा माग भएको छैन् । माग छैन भन्दैमा जथाभावी दिनपनि भएन ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend