२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

हिन्दूहरूको बहुप्रतिक्षित राम मन्दिरको प्राण प्रतिष्ठा भोली, नेपालका वरूण चौधरी बिशिष्ट अतिथि


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 7.2K
    SHARES

  • images
    हिन्दूहरूको बहुप्रतिक्षित  राम मन्दिरको प्राण प्रतिष्ठा भोली, नेपालका वरूण चौधरी बिशिष्ट अतिथि


    काठमाडौं । विश्वभरका हिन्दूहरूको बहुप्रतिक्षित राम मन्दिर प्राण प्रतिष्ठा भोली हुँदैछ । भोलि २२ जनवरी, २०२४ अर्थात माघ ८ गते सोमबार दिउसो १२ः २० बजेको समयमा हुने प्राण प्रतिष्ठा कार्यक्रममा विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति हुने भएको छ ।

    सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशिष्ट अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी हुने भएका छन् । आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई बिशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रबेशको व्यवस्था मिलाईएको छ ।

    कार्यक्रममा नेपालका वरुण चौधरीको उपस्थितिले अन्तर्राष्ट्रिय महत्व बढेको छ । केही समय अघि उनले बागेश्वर बाबालाइ नेपाल ल्याएर हिन्दुहरूको ठुलो जमघट गराएका थिए ।

    अयोध्याको मुटुमा यस शुभ अवसरलाई मनाउने कार्यक्रमले भारत भित्र मात्रै होइन, विश्वभरका अनुयायीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष निरज शाह बताउँछन् । उनि भन्छन्, ‘रामम मन्दिर प्राण प्रतिष्ठा समारोह भक्तहरूको लागि एक ऐतिहासिक क्षण हो, अयोध्यामा अवस्थित यस मन्दिरले हिन्दूहरूका लागि ठूलो धार्मिक र सांस्कृतिक महत्त्व राख्छ, र यसको निर्माण वर्षौंदेखि छलफल, विवाद र समाधानको केन्द्र बिन्दु भएको छ ।’

    राम मन्दिर प्राण प्रतिष्ठा समारोह हिन्दू समुदायको दृढताको प्रमाणको रूपमा रहने छ । विश्वभरका विभिन्न पृष्ठभूमिका हिन्दू व्यक्तिहरूलाई यस ऐतिहासिक क्षणमा साक्षी र भाग लिन एकसाथ निमन्त्रणा गरिएको छ । नेपालबाट करिव ३०० जनालाई निमन्त्रणा गरिएको वताईए पनि अन्य कसैको विशेष निम्तोको पहिचान भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend