२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया र नबिल बैंकले कति कमाए नाफा ?


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 6.8K
    SHARES

  • images
    एनआईसी एशिया र नबिल बैंकले कति कमाए नाफा ?

    काठमाडौं । एनआईसी एशिया बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनााम ४१.८४ प्रतिशतले कम हो।

    गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ रहेको छ। यस्तै सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख ४० हजार रुपैयाँ रहेको छ।

    १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा बढेको छ। गत आवको दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत रहेकोमा हाल बढेर १.१९ प्रतिशत पुगेको छ।

    त्यस्तै नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १।४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ।

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।

    २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend