२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

संसदीय समितिका सभापतिलाई सभामुखले छलफलका लागि बोलाए


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 7.9K
    SHARES

  • images
    संसदीय समितिका सभापतिलाई सभामुखले छलफलका लागि बोलाए


    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन् । सभामुख घिमिरेले आइतबार विहान ११ बजे संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् । तर छलफलको विषय भने खुलेको छैन ।

    सभामुख घिमिरेले विहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । सांसदहरुका अनुसार सभामुख घिमिरेले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको सन्दर्भमा छलफल गर्न लागेका हुन् । छलफलमा समितिका गतिविधि र कामका विषयमा कुराकानी गर्ने तयारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend