२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चीनको एक विद्यालयमा आगलागीः १३ विद्यार्थीको ज्यान गयो


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 10.2K
    SHARES

  • images
    चीनको एक विद्यालयमा आगलागीः १३ विद्यार्थीको ज्यान गयो

    काठमाडौं । चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरु सबै तेस्रो कक्षाका विद्यार्थी हुन् । आगलागी हुँदा छात्राबासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुसल बाहिर निकालिएको छ । सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो । आगलागीको कारणबारे भने केही खुलाइएको छैन । सो विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend