२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

६ महिनामा मुक्तिनाथ विकास बैंकले कमायो ४२ करोड बढी खुद नाफा


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 8.6K
    SHARES

  • images
    ६ महिनामा मुक्तिनाथ विकास बैंकले कमायो ४२ करोड बढी खुद नाफा

     

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६ महिनामा ४२ करोड बढी खुद नाफा कमाएको छ। बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो। दोस्रो त्रैमाससम्ममा बैंकले ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

    तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.९३ प्रतिशत कमी हो। गत आवको दोस्रो त्रैमासमा बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। हाल बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ राखेको छ।

    तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। यता, कुल संचालन आम्दानी पनि ३.१६ प्रतिशत बढेर २ अर्ब ३६ करोड ६८ लाख ३८ हजार रुपैयाँ पुगेको छ।

    तर, बैंकको संचालन नाफा भने ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँ कायम भएको छ। संचालन नाफा घटेसँगै बैंकको खुद नाफामा गिवरावट आएको हो। वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

    सो अवधिमा बैंकको निक्षेप संकलन पनि ३.५५ प्रतिशत घटेर १ खर्ब १२ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन १.९५ प्रतिशत बढेर ९६ अर्ब २९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend