२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन रि–इन्स्योरेन्सलाई भारतबाट पुनर्बिमा व्यवसाय गर्न खुल्यो बाटो 


सञ्चार डबली
  • शनिबार, माघ ६ २०८०
  • 10.2K
    SHARES

  • images
    हिमालयन रि–इन्स्योरेन्सलाई भारतबाट पुनर्बिमा व्यवसाय गर्न खुल्यो बाटो 


    काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सलाई भारतबाट पुनर्बिमा व्यवसाय गर्न बाटो खुलेको छ । निजी क्षेत्रबाट स्थापित पुनर्बिमा कम्पनी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडलाई भारतको बिमा क्षेत्रको नियामक निकायले फाइल रिफरेन्स नम्बर (एफआरएन) प्रदान गरेसँगै कम्पनीले भारतबाट पुनर्बिमा व्यवसाय  गर्न बाटो खुलेको हो । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडलाई भारतीय बिमा नियामक र विकास प्राधिकरणले १६ जनवरी २०२४ मा स्वीकृति दिएको हो । 

    स्थापनाको छोटो समयमा नै ३१ देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको उदाउँदो पुनर्बिमाको छबि बनाउन सफल भएको हिमालयन रि–इन्स्योरेन्सले भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै यस छबिलाई थप उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ। हिमालयन रि–इन्स्योरेन्सले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरी धितोपत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend