२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 चार पार्टीका प्रमुुखले मुलुकलाई बन्धक बनाए : अध्यक्ष सिके राउत


सञ्चार डबली
  • शनिबार, माघ ६ २०८०
  • 12.1K
    SHARES

  • images
     चार पार्टीका प्रमुुखले मुलुकलाई बन्धक बनाए : अध्यक्ष सिके राउत

    काठमाडौं ।चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा. सिके राउतले बताएका छन्। नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका छन् ।  उनले भने,´ नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माअोवादी तथा एकीकत  समाजवादीका मुख्य ब्यक्तिलेमुलुकमा जे गर्छ त्यही हुन्छ अन्य कसैले केही गर्न सक्दैन ।'


    खास गरेर जहिले पनि पेवाको रूपमा मुलुकमा नेतृत्वमा रहदै आएकाहरूले मधेसमा भ्रष्टाचार हुन्छ र मधेसी नेता भ्रष्ट हुन्छ भन्ने अपवाह फैलाएर मधेसलाई थप पछाडि धकेल्दै आएको उनले आरोप लगाए । उनले भने,´ अरबौ भष्टाचार गर्ने ब्यक्तिले उल्टो मधेसी नेतालाई भ्रष्टको आरोप लगाएर मधेर र मधेसीक‍ो विकासको बाधक नेतृत्व पक्ष नै बनेको  छ ।' आफु उर्जाका साथ संसदमा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निराशावादी भएको उनको भनाइ थियो ।

     
    उनले थपे,´ अहिलेको संसदमा केही बोल्न छुट छैन । विप जारी हुन्छ । बोल्यो भने कार्वाही हुन्छ दुईचार जनाले जे गर्छ त्यहीँ नै हुन्छ । यो सरकार र गठबन्धनबाट केही गराउन नसकिने उनको धारणा रहेको थियोे । डिसिजन मेकरमा हाम्रो कुनै भुमिका नरहेकोले नयाँ परियोजनाको विषयमा सुन्न चाहदैनन् ।५२/५३ प्रतिशत जनता मधेसमा भएपनि हामीले दिनेमा हुनपर्थ्यो तर उल्टो उनीहरूसंग माग्नुपर्ने बाध्यता छ ।


    मधेसले विकास र अधिकार चाहेको छ । अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहनुपर्छ ।आन्दोलनको विकल्प नरहेको राउतको भनाई थियो । अहिलेको अवस्था मधेस,जनजाति,अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको राउतको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend