२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश, आज प्रभातफेरी


सञ्चार डबली
  • शनिबार, माघ ६ २०८०
  • 10.3K
    SHARES

  • images
    वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश, आज प्रभातफेरी


    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते स्थापना भएको बैंकले स्थापना दिवसको अवसर पारेर आज प्रभातफेरी निकालेको छ। 

    आज वित्तीय साक्षरता तथा वित्तीय सचेतनाका लागी भद्रकालीबाट प्रभातफेरी सुरु गरी भुगोलपार्क,जमल,कमलादी,पुतलीसडक हुँदै पदमोदय मोड हुँदै केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा पुगेको थियो । 

    बाजागाजा सहित निकालिएको र्यालीमा ‘बेरोजगार नबसौं उद्यमी बनौ,पूँजी चहिए राष्ट्र बैंकलाई भनौं’, ‘सागर बग्छ थोपा–थोपा जम्मा भई पानी,एक–एक पैसाबाटै जुट्छ लाखौंको लगानी’,‘बैंकिङ सेवाको सर्वत्र विस्तार,आर्थिक विकासको मूल आधार’,‘कमाइ भन्दा खर्च बढी,डुब्यो मान्छे ऋणमा गडी’,‘ऋणको सदुपयोग गरौं,समयमा साँवा व्याज तिरौं’लगायतका विभिन्न दर्जन बढी नारा लेखिएको प्लेकार्ड बोकेर प्रभातफेरीमा कर्मचारी उपस्थित थिए ।  

    २०२२ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend