२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु


  • शुक्रबार, माघ ५ २०८०
  • 9.2K
    SHARES

  • images
    स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    पोखरा, ५ माघ । पोखरामा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२४ कास्किकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षीय समिर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    बसबाट झरेर घर जाने क्रममा उक्त बसले ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

    ठक्करबाट घाइते भएका समिरको उपचारको लागी मेट्रोसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। ठक्कर दिने बस र बस चालक प्रहरीले नियन्त्रणमा लिएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend