२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बहुला स्यालको टोकाइबाट बालबालिकासहित १२ जना घाइते


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 8.3K
    SHARES

  • images
    बहुला स्यालको टोकाइबाट बालबालिकासहित १२ जना घाइते


    काठमाडौं । बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ। गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।

    बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन, ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी,३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२वर्षकी सिकीलावा देवी, ७० वर्षका जयल मुखियालाई घाईते बनाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताएका छन् ।

    स्यालको आक्रमण बाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाईते बनाएको छ। घाईते मध्ये गम्भीर अवस्थामा रहेकी ६०की तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज पठाइएको थियो। खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि नेशनल मेडिकल बिरगंज पठाईएको डिएसपी खनालले जानकारी दिएका छन। स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाईएको थियो ।

    घाईतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्। स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एकजना युवकको मृत्यु भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend