२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली बने निर्वाण चौधरी


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 10.2K
    SHARES

  • images
    अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली बने निर्वाण चौधरी

    काठमाडौं । नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन् । गए राती स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन् । उनले सो सम्बादको क्रममा हिमालय क्षेत्रका पानी र विजुली उत्पादनको विषयलाइ मुख्य जोड दिएका छन् ।

    उधोगपत्ति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिव दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन् । ‘विश्वभरी पानीको संकट बढीरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाइ पानी दिलाउन सकिन्छ,’ उनले सो फोरममा भने, ‘साथै, नेपालमा झन्डै १ लाख मेघावाट विजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेगावाट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ ।’

    दक्षिण यसियाका देशहरूमा विजुली बेच्न सकिनेदेखि त्यहाँ रहेको जनसंख्याको ठुलो हिस्सलाइ मध्यनजर गरेर बजार बिस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend