२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गुजरातमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुग्यो


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 10.5K
    SHARES

  • images
    गुजरातमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

    काठमाडौं ।  गुजरातको बडोदरामा एउटा ठूलो दुर्घटना भएको छ । भारतीय समाचार संस्थाका अनुसार गुजरातस्थित हरणी तालमा डुंगा पल्टिएको हो ।  यस डुंगामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए । अहिलेसम्म सो डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको प्रहरीले जनाएको छ । साथै, आठ जनाको उद्धार गरिएको छ । सो डुंगा दुर्घटनामा परी चारजना अझै बेपत्ता रहेका छन भने भने उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी छ । 

    समाचार अनुसार सो डुङ्गाको क्षमता १४ जना थिए तर २७ जनाभन्दा बढी सवार थिए ।मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

    विद्यार्थी वडोदराको एक विद्यालयका थिए । उद्धार कार्य सुरु गरिएको छ। गम्भीर घाइते भएका विद्यार्थीलाई अस्पताल लगिएको छ । घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स पुगेका थिए । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली त्यहाँ पुगेको थियो ।

    गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्वीट गरदै भनेका छन, ‘बडोदराको हरणी तालमा  डुबेर बच्चाहरूको मृत्युको खबरले अत्यन्तै दुखद छ। म ती बालबालिकाहरूको आत्माको शान्तिको लागि प्रार्थना गर्दछु, जसले आफ्नो ज्यान गुमाएका छन्। म यस दुखद घडीमा दुखी महसुस गर्दछु। म शोकमा सहभागी छु। विद्यार्थीका परिवारजनमा ईश्वरले यो शोक सहन सक्ने शक्ति प्रदान गरुन् डुङ्गामा सवार विद्यार्थी र शिक्षकको उद्धार कार्य जारी छ दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल राहत र उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन छ।’

    दुर्घटनामा परेका यी सबै विद्यार्थीहरू न्यू सनराइज स्कूल, वडोदराका थिए, जो यहाँ घुम्न आएका थिए। डुंगामा क्षमताभन्दा बढी यात्रु सवार भएकाले यो घटना भएको खुलेको छ । डुङ्गामा सवार कुनै पनि विद्यार्थी र शिक्षकले लाइफ ज्याकेट लगाएका थिएनन् ।

    सात एकडभन्दा बढी क्षेत्रफलमा हरणी पोखरी बनाउने निर्णय भएको छ । सन् २०१९ मा यस पोखरीको सौन्दर्यीकरण गरिएको थियो । घटनाको जानकारी पाएपछि विद्यार्थीका परिवारमा शोकको माहोल छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend