२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

निजगढमा बाघले चौपाया मारेर खान थाले पछि पूरै गाउँ त्रसित


  • शुक्रबार, माघ ५ २०८०
  • 6.8K
    SHARES

  • images
    निजगढमा बाघले चौपाया मारेर खान थाले पछि पूरै गाउँ त्रसित

    बारा, ५ माघ । बाराको निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का निकुञ्ज र सामुदायिक वनसँग जोडिएका बस्तीका सर्वसाधारण बाघको त्रासमा छन् ।

    पर्सा राष्ट्रिय निकुञ्ज र सामुदायिक वन नजिकै रहेका बस्तीहरु यतिबेला त्रसित भएका छन् । बाघले दिनदिनै किसानले पालेको चौपाय मारेर खान थालेपछि यतिबेला पूरै गाउँ त्रसित भएको छ । 

    निकुञ्जसँगै जोडिएको सामुदायिक बनमा पसेको बाघले गाई, गोरु, खसि, बाख्रा खाएको भएतापनि पर्सा राष्ट्रिय निकुञ्जले हिंसात्मक गतिविधि गर्ने बाघलाई नियन्त्रण गर्न सकेको छैन । 

    पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रको रुपमा रहेको रतनपुर र लालगाउँमा पछिल्लो समयमा मात्रै बाघले खाएर चार दर्जनभन्दा बढी चौपाय मारिसकेको छ । 

    बाघले चौपाय मार्ने क्रम बढेपछि स्थानीय बासिन्दामा त्रास बढेको रतनपुरका स्थानीय बताउछन । घर र गोठमै बाघ पसेर चौपाय मार्न थालेपछि स्थानीयमा त्रास बढेको र बाघको आक्रमण बढेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गर्न थालेको नयन कुमारी श्रेष्ठले बताईन । 

    वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको नसारेको र निकुञ्जले बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्ष्यति गर्ने गरेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए । 

    बस्ती बचाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने नगरप्रमुख पुरीको भनाइ छ । कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन, पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ। यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने र बाघ कतिबेला आउँछ भन्ने डरले दैनिक कामकाज प्रभावित भएका स्थानियलाई पुर्ण एक्लै हिँड्डुल गर्न र काममा निस्कन सक्ने बतावरण बनाउनु पर्ने नगर प्रमुख पुरीको भनाइ छ । 

    यता गाँउमा वन्यजन्तुको आतङ्ग भएपछि करिब दुई महिनाबाट निजगढ नगरपालिकाले समेत पटक पटक ताकेता गर्दा समेत वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन । नगरपालिकाको पटक पटकको ताकेतापछि निकुञ्जले हिंसात्मक बाघको पहिचान गर्न आज सिसिटिभि जडान गरेर बाघ पहिचान गर्ने भएको छ ।  निजगढ नगरपालिकाले बाघको त्रासमा रहेका नगरबासी र नजिकका बस्तिमा बढेको वन्यजन्तुको आतङ्गको बारेमा छलफल गर्न भनेर निजगढ नगरपालिकाले निकुञ्जका अधिकारीहरुलाई बोलाएर रतनपुरीमा आज छलफलसमेत आयोजना गरेको थियो ।

    यता निकुञ्जले भने बाघले निकुञ्जको जंगलमा नभई सामुदायिक वन र जिल्ला बनको क्षेत्रअधिकार भित्र भएको हुदाँ निकुञ्जले हेर्न नमिल्ने भएकाले प्रबिधिक सहयोग मात्र गर्ने हो सोही अनुसारले निकुञ्जले सिसिटिभि जडान गरेर बाघको पहिचान गर्न सहयोग गरेको सन्तेश भाग्वतले बताए । उनले यस क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र भित्र नरहेको समेत बताए । 

    newskarkahna-news622953..jpg

    newskarkahna-news622951..jpg

    यस क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर चौपाय मार्ने र मानवीय क्षतिको समेत जोखिम समेत उच्च रहेकोले सोको नियन्त्रणका लागि आवश्यक कार्य गरी पीडित किसानलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइदिन निकुञ्जको कार्यालय र जिल्ला वन कार्यालयलाई अनुरोध गरेको छ । यस क्षेत्रमा बाघले चौपाय मारेर खाने थालेपछि निजगढ नगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयसंग पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । 

    बस्तीका दुवैतिर वनजंगल भएकाले पाटेबाघ लगायतका हिंस्रक वन्यजन्तु ओहोरदोहोर गर्नुको साथै यस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरी घाइते बनाउने तथा मार्ने सम्भावना भएको हुँदा सर्वसाधारणहरु सचेत हुनेपर्ने र वन्यजन्तुबाट मानव तथा घरपालुवा जनावर बचाउन खासै क्रियाकलाप नभएको यस निकुञ्जले पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा निकुञ्ज पहिला मानव बचाउने की वन्यजन्तु भन्ने विषयमा अन्योलमा छ । 

    रतनपुरी गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको हो । विगत केही वर्षयता रतनपुर क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाय र लगाएको बाली खाएर क्षति पु¥याउदै आएको छ । 

    newskarkahna-news622952..jpg


     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend