२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सवारी दुर्घटनाः ४ जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 9.1K
    SHARES

  • images
    सवारी दुर्घटनाः ४ जनाको मृत्यु


    काठमाडौं । कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो । 

    मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा को–१ ख ७८३५ नम्बरको बसले प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिंदा घाइते भएकी सफारीमा सवार ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको हो ।

    मोरङकै सुन्दर हरँैचा नगरपालिका–८ मा प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक बेलवारी नगरपालिका–२ का २२ वर्षीय रुपक घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काँडेबाट लसुनेतर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत झापाको मेचीनगर नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend