२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सरकारले ऊर्जा उत्पादकहरूलाई सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ : अध्यक्ष कार्की


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 10.0K
    SHARES

  • images
    सरकारले ऊर्जा उत्पादकहरूलाई सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ : अध्यक्ष कार्की


    काठमाडौं । उर्जा विकासको लागि काम गर्दै आएकाहरुको लागि सरकारले सुरक्षाको प्रत्यभूति गराउनुपर्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बताएका । उनले त्यसकालागि उर्जा सुरक्षा नीति ल्याउनुपर्ने समेत बताएका हुन् ।

    आज इप्पानको स्थापना दिवस पारेर आयोजित कार्यक्रममा अध्यक्ष कार्कीले आफूहरुलाई चन्दा मागेर धम्क्याउने गरेको तथा लगानीकर्तालाई फिल्डमा असुरक्षा हुने गरेको गुनासो गरे । उनले सरकारले लगानीकर्तालाई लगानी गर्ने सुरक्षित वातावरण निर्माणसँगै उनीहरुको सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरे ।

    कार्यक्रममा उपस्थित उर्जामन्त्री शक्ति बहादुर बस्नेतलाई आग्रह गर्दै अध्यक्ष कार्कीले भने, ‘अबका दिनमा उर्जा विकासको लागि अलिकति समय खर्चेर उर्जा सुरक्षा नीति घोषणा गर्नुपर्छ भन्ने लाग्छ । नत्र भने हामीमाथि तोडफोड भइरहने, चन्दा आतंक भइरहने हुन्छ । हामी यतिधेरै लगानी लिएर खोला धाइरहेका छौँ, तर हामीमाथि असुरक्षा छ ।’

    अध्यक्ष कार्कीले फोन नउठाएन भने चन्दा माग्नेहरू घरमै आउने गरेको समेत सुनाए । ‘चन्दा क–कसलाई दिने हो ? सबैलाई दिएर साध्य पनि छैन । दिनसक्ने अवस्था पनि छैन । तर चन्दा दिएन भने तपाईहरूको गाडी नम्बर यति हो भनेर धम्क्याउन थालिसकेका छन्,’ उनले भने ।

    उनले विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन मन्त्री बस्नेतले गरेको घोषणा कार्यान्वयन गर्न समेत आग्रह गरे । ‘अबदेखि तपाईहरु जति योजना बनाउनुहुन्छ, बनाउनुस् सबै पीपीए हामी खोल्छौँ भनेर मन्त्रीज्यूले भन्दै आउनुभएको छ, तर व्यवहारमा त्यस्तो भएको छैन,’ अध्यक्ष कार्कीले भने, ‘अब हामीले पीपीए गर्दिनुस् भनेर धेरै आग्रह गर्नेभन्दा पनि उहाँले खोल्दिन्छु भन्नुहुन्छ होला भन्ने लागेको छ ।’ कार्कीले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा निजी क्षेत्रका लगानीकर्तालाई पनि समेटेर आम नागरिकले उर्जा क्षेत्रमा लगानी गर्न सक्ने गरी वातावरण बनाउन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend