२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सोनापुर मिनिरल्सले बोलायो माघ २६ गते एजीएम, के–के छन् एजेन्डा ?


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 9.3K
    SHARES

  • images
    सोनापुर मिनिरल्सले बोलायो माघ २६ गते एजीएम, के–के छन् एजेन्डा ?

    काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलले वार्षिक साधारण सभा बस्ने भएको छ । सभा माघ २६ गते बस्ने भएको हो । साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ ।

    सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज हुने भएकाले माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले सभामा प्रबन्धपत्र संशोधन संगै कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश गर्ने जानाएको छ ।

    यसैगरी, उक्त सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

    गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend