२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 30.9K
    SHARES

  • images
    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend