२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको छ : कृष्णप्रसाद सिटौला


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 9.9K
    SHARES

  • images
    मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको छ : कृष्णप्रसाद सिटौला

    काठमाडौं। मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले बताएका छन् । संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए ।

     धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठूला–ठूला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताएका हुन् । ‘मुलुकमा यति ठूलो राजनीतिक परिवर्तनपछि हामीले ठूलो संघर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबीच सहकार्य र एकता आवश्यक हुन्छ ।’ 

    उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए । कार्यत्रमा नेकपा माआोवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार चम्पादेवी कार्कीले राष्ट्र निर्माणमा सबैै एक भएर लाग्नु पर्नेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend