२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यस्तो छ आज तरकारीको तथा फलफुलको बजार मुल्य


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 10.0K
    SHARES

  • images
    यस्तो छ आज तरकारीको तथा फलफुलको बजार मुल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अंगुर ३००, केरा १३०, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १८, अदुवा १५०, रातो आलु ३६, रातो भारतिय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३५, कागती १४०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३५, लौका ६०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ५०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ४०, चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ ।

    गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज १४० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ५० र हरियो धनिया १४० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक सदस्य राष्ट्र हो। नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमा आधारित छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

    यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए । प्रधानमन्त्री दाहाल माघ ७ गते नेपाल फर्किने कार्यक्रम तय छ। प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend