२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

डम्पिङसाइटमा भेटियो नवजात शिशुको शव


  • बुधबार, माघ ३ २०८०
  • 9.2K
    SHARES

  • images
    डम्पिङसाइटमा भेटियो नवजात शिशुको शव

    उदयपुर, ३ माघ । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । 

    फोहर संकलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए ।

     

    शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुंगेलले बताए ।

    वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले संकलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो ।

    शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ ।

    “आजै उठाइएको फोहरमा शव रहेछ,” वडासदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।”

    इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

    महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अंक बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । रासस



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend