२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दाङमा महिला र पुरूषको शव झुण्डिएको अवस्थामा फेला


  • बुधबार, माघ ३ २०८०
  • 7.5K
    SHARES

  • images
    दाङमा महिला र पुरूषको शव झुण्डिएको अवस्थामा फेला

    काठमाडौं, ३ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिए। मृतकको पहिचान खुल्न नसकेको र करिव चार दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाइ छ।

    स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको पोखरेलले बताए। मृतकहरूको उमेर अन्दाजी २५/२६ वर्षको पएको प्रहरीको अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान थालिएको जनाएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend