२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 9.0K
    SHARES

  • images
     सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा राखिएको छ । विद्यमान संस्थापक वा अन्य व्यक्ति तथा संघसंस्थाहरुले बुधबारदेखि माघ ११ गतेसम्म गोप्य बोलकबोल गरी शिलबन्दी आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

    क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेर आवेदन दिन सकिने छ ।

    शिलबन्दी आवेदन दिँदा न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि माग गर्नुपर्नेछ । साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको यो कम्पनीको साधारण शेयर मूल्य बजारमा प्रतिकित्ता ७६० रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend