२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिंदै नीतिगत सुधार गर्नुपर्छ  ः सञ्चारमन्त्री शर्मा


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 9.3K
    SHARES

  • images
    नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिंदै नीतिगत सुधार गर्नुपर्छ  ः सञ्चारमन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सैद्धान्तिक ज्ञानमा सिमित बन्न खोजेको नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिंदै नीतिगत सुधार गर्नुपर्ने बताएकी छन् । उनले सूचना प्रविधिलाई सूचना समाजसँग जोड्नुको विकल्प नभएको औंल्याइन ।

    बुधबार त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको शिक्षा क्षेत्र बढी सैद्धान्तिक हुने र प्रयोगात्मक नहुने समस्या पहिल्यैबाट रहिआएकाले नीतिगत रुपमै समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिइन ।

    उनले स्वास्थ्य र सूचना प्रविधि क्षेत्रको शिक्षा बढी प्रयोगात्मक हुने गरेपनि मानविकी, व्यवस्थापन, सूचना प्रविधिलगायतका संकायमा सैद्धान्तिक शिक्षालाई प्रयोगात्मकतर्फ केन्द्रीत गर्नुपर्नेमा जोड दिइन् । उनले शिक्षा नीतिकै कारण वर्षभरी पढेर पनि मार्केटमा प्रतिस्पर्धा गर्न नसक्ने तथा स्नाकोत्तर सकेर बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन ।

    शर्माले भनिन्, ‘नेपालमा पढाइ हुने सबै संकाय वा विषयहरुबाट उत्पादन हुने विद्यार्थीहरुलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने र योग्य बनाउनका निम्ती सैद्धान्तिक साथै प्रयोगात्मक ज्ञान पनि आवश्यक छ भन्ने कुरालाई व्यवहारिक रुपमै त्रिविलगायतका विश्वविद्यालयले कार्यान्वयन गर्न सके भने कोहीपनि वेरोजगार बस्नुपर्दैन् ।’

    उनले युवा पुस्तालाई आकर्षण गर्नसक्ने सूचना प्रविधि९आइटी०अध्ययन अध्यापन उदाउदो र प्रवल सम्भावना बोकेको विषयको रुपमा आएकाले सोही अनुसार जनशक्तिको विकास गरी गुणात्मक परिणाम हासिल गर्न सक्नेगरी काम गर्नुपर्नेमा जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend