२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

काठमाडौंमा दुईजना मृत अवस्थामा फेला


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 8.2K
    SHARES

  • images
    काठमाडौंमा दुईजना मृत अवस्थामा फेला


    काठमाडौं । काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ। ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend