२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

धारामा मेलम्चीको पानी नआए तत्काल फोन गर्नु : खानेपानी मन्त्रालय


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 8.4K
    SHARES

  • images
    धारामा मेलम्चीको पानी नआए तत्काल फोन गर्नु : खानेपानी मन्त्रालय


    काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरेको दुई दिनपछि खानेपानी मन्त्रालयले पानी नआए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गरेका थिए ।

    मन्त्रालयले एक सूचना जारी गर्दै पानी नआएको खण्डमा सम्पर्क गर्न विभिन्न सम्पर्क नम्बरहरु उपलब्ध समेत गराएको छ । मन्त्रालयले मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा तोकिएका टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

    मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न सरकारले सहजीकरण समिति गठन गरेको जनाएको छ । बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो ।

    गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो ।
    ‘

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend