२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

काठमाडौं क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा हुँदैन : नेता पोखरेल


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 8.7K
    SHARES

  • images
    काठमाडौं क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा हुँदैन : नेता पोखरेल


    काठमाडौं । काठमाडौं क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा नहुने नेकपा एमालेका नेता आनन्द पोखरेलले बताएका छन् । त्यसका लागि सर्वप्रथम काठमाडौंमा विजय हासिल गर्नुपर्ने उनको भनाइ छ । नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी भेलालाई सम्बोधन गर्दै उनले काठमाडौंसँगै पूरै मुलुकलाई ब्यूँझाउन आवश्यक रहेको औंल्याउँदै त्यसका लागि सर्व प्रथम काठमाडौं क्रियाशील हुन आवश्यक भएको जिकिर गरेका छन् ।

    उनले भने, ‘हामीले सिंगो देशलाई सन्देश दिनुपर्नेछ । त्यसका लागि काठमाडौं विजय हासिल नगरिकन मिसन ८४ पूरा हुन सक्दैन् अर्थात काठमाडौंबाटै क्रियाशीलता बढाउनुपर्छ ।’ उनले काठमाडौंमा माघ २० गते युवा अभियान एवं युवा महोत्सव आयोजना गर्न लागेको भन्दै यसलाई सामान्य रुपमा नलिन आग्रह गरे ।

    एकदिन गरेको कामले मुलुक जाग्ने भन्दै महोत्सव एमालेका लागि मात्र नभइ तमाम विद्यार्थीहरु एवम युवाहरुका लागि केन्द्रीत गरिएको बताए ।उनले भने, ‘हाम्रो महत्वपूर्ण कार्यभार भनेको युवा परिचालन हो । युवाको नेतृत्वबाट विकास संभव छ । युवालाई परिचालित गरेर पार्टीमा युवाप्रतिको आकर्षण बढाउनुपर्नेछ । पहिलो पटक ७५ जिल्ला मध्ये काठमाडौंले माघ २० गते युवा अभियान वा युवा महोत्सवको योजना बनाएको हो । यसलाई सामान्य रुपमा नहेरौं । हामीले लिएको लक्ष्य अनुसार १० हजार युवा परिचालन गर्न सकियो भने काठमाडौंलाई मात्रै होईन्, सिंगो मुलुकलाई फाइदा हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend