२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईपीओ जारी गर्दै लोवर इर्खुवा हाईड्रोपावर


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 8.9K
    SHARES

  • images
    आईपीओ जारी गर्दै लोवर इर्खुवा हाईड्रोपावर


    काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई जारी गर्न लागेको २८,०५,७५० (अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजार रुपैयाँ मात्र) थान साधारण शेयरको प्रतिशेयर अङ्कित मूल्य १०० का दरले प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको लोअर इर्खुवा हाइड्रोपावरले जनाएको छ ।

    लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend