२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर लिलामीका लागि बिक्री खुला गर्दै घलेम्दी हाइड्रोपावर 


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 9.7K
    SHARES

  • images
    सेयर लिलामीका लागि बिक्री खुला गर्दै घलेम्दी हाइड्रोपावर 


    काठमाडौं । घलेम्दी हाइड्रोपावरले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीका लागि बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारण समूहको लागि माघ ९ देखि सेयर बिक्री गर्न लागेको हो। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धीहरुले बोलपत्रमा सहभागी हुनुपर्नेछ।

    यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो। 

    सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो। आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend