२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक दर्जनौ विस्फोट


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 9.9K
    SHARES

  • images
     इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक दर्जनौ विस्फोट


    काठमाडौं । इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक आज एकपछि अर्को गरी दर्जनौं विस्फोटन भएका छन् । एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ ।

    रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको छ । एक इराकी सुरक्षा स्रोतले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार बम विष्फोटमा चार जनाको मृत्यु भएको छ । 

    यद्यपी यस बम विष्फोटमा कुनै अमेरिकी सेनालाई क्षति भने भएको छैन ।रिभोलुसनरी गार्डले इराकको एर्बिल एयरपोर्ट नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ । हमलापछि एर्बिल एयरपोर्ट बन्द गरिएको छ  ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend