२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

विपद्  जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपछ : गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 9.9K
    SHARES

  • images
    विपद्  जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपछ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । 'स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं'  भन्ने नारासहित सोमबार २६ औं भुकम्प सुरक्षा दिवस मनाइएको छ। यसै क्रममा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले  काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपर्ने बताए ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका ५३ वटा भवन, संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमले संवेदनशील रहेको देखाएकोले तिनको पुनर्निर्माण गर्नुपर्ने उनले बताए । 

    संघीय सरकार पालिकाहरुलाई सामर्थ्यवान बनाउन मिलेर काम गर्न तयार रहेको र सबै स्थानीय तहलाई  आपतकालीन कार्यसंचालनका लागि औजार तथा उपकरण उपलब्ध गराउँदै आएको समेत उनले बता बताए । विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएकोमा उनले खुशी व्यक्त गरे ।

      जाजरकोट भूकम्पमा एम्बुलेन्स र अन्य सहयोग गरेकोमा पनि उनले महानगरको प्रशंसा गरे ।  विद्यमान सबै संरचनाहरुको जोखिम आँकलन गर्ने, प्रबलीकरण लगायतका विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना सुरक्षित हुनेगरी संहिता पालना गर्न,गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले व्यक्त गरे ।

    महानगरकी उपमेयर सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवर, शसस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय विपद् जोखिम तथा न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरका निमित्त प्रशासकीय अधिकृत सिताराम कोइरालासमेत उपस्थित कार्यक्रममा विपदका बेला भूमिका  खेल्ने कर्मचारी र सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend