२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ


सञ्चार डबली
  • आइतबार, पुस २९ २०८०
  • 7.4K
    SHARES

  • images
    कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ


    काठमाडौं । कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ भने ६ जना पक्राउ परेका छन् । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गोदाबरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    २५ पुसमा दोहोरी साँझ गएका उनलाई घाइते अवस्थामा साथीहरुले घर लगिदिएका थिए । यसपछि परिवारले उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै क्रममा मृत्यु भयो । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।मृतकका परिवारले मृतकका साथीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend