२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा


सञ्चार डबली
  • आइतबार, पुस २९ २०८०
  • 9.7K
    SHARES

  • images
    आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा

     

    काठमाडौं । आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र विर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइदैछ । दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसलाई भाका भन्ने गर्दछन् ।

    २०७४ मा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले पुस २९ लाई राष्ट्रिय भक्का दिवसकोरुपमा मनाउने घोषणा गरेयता हरेक वर्ष झापामा यो दिवस मनाउने गरिएको छ । भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले यो दिवसको सन्दर्भ पारेर स्थानीय विदा समेत दिएका छन् । दिवसमा भक्काका विभिन्न परिकार बनाउने र विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको छ । ठाउँ–ठाउँमा विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएका छन् ।

    आइतबार राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम गर्दैछ, सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समेत सहभागी हुँदैछन् । राजवंशीहरुको विशेष परिकार भएपनि जाडोयाम सुरु भएसँगै चोक–चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने चलन बसेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend