२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माघ महिनाका लागि लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर


सञ्चार डबली
  • आइतबार, पुस २९ २०८०
  • 8.6K
    SHARES

  • images
    माघ महिनाका लागि लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर

     

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.५० प्रतिशत, व्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर १०.६२ प्रतिशत र स्प्रेडदर ४.४२ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend