२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 9.1K
    SHARES

  • images
    पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ


    काठमाडौं। अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त  र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा ती युवक सक्रिय थिए ।पक्राउ पर्नेमा भारतको बिहार, फारबिसगञ्जका ३५ वर्षीय सन्तोष थापा छन् । उनलाई इलामको माई नगरपालिका ३ बाट पक्राउ गरिएको हो । 

    उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ ।इलामको माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा स्थानीय बासिन्दाको पाहुनाका रुपमा बास बसेर नगद, मोटरसाइकल, गहनालगायत धनमाल लुटेको प्रहरीले जनाएको छ ।

    गत मंसिर ५ गते राति माई नगरपालिकाको कालीखोलाका ५६ वर्षे धनबहादुर केरुङ र ६८ वर्षीय पूर्णबहादुर आले मगरको घरबाट नगद १८ हजार आठ सय, एउटा ल्यापटप, एउटा टिभी, दुइटा मोबाइलसहित करिब एक लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटिएको थियो । त्यस घटनामा थापाकै संलग्नता रहेको जनाइएको छ ।

    पक्राउ परेका थापाले झापा र मोरङका विभिन्न स्थानमा पनि यसैगरी धनमाल लुटेर भाग्ने गरेको पाइएको छ । गाउँ गाउँ पुगेर स्थानीयको घरमा बास माग्ने र अनेक साइनो लगाएर विश्वस्त बनाउने उनको जुक्ति पाइएको छ ।कहिले छोराको मीत हुँ भन्ने, कहिले कुनै टाढाको आफन्त भएको बताउने अनि कहिले भारतीय लाहुरे हुँ भन्ने उनले आफ्नो साथमा १० वर्षीय छोरा पनि साथै लैजाने गरेको पाइएको छ ।

    ठाउँपिच्छे फरक फरक नाम र ठेगाना बताएर बास बस्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ । उनले बास बसेको घरमा भएका धनमाल लुटेर भोलिपल्ट भाग्ने गरेका थिए ।थापालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । कोही उनीबाट ठगिएको भए जानकारी दिन पनि प्रहरीले सूचित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend