२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 8.4K
    SHARES

  • images
    एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न


    काठमाडौं । एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीवार काठमाडौंको राष्ट्रिय सभागृहमा उक्त साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा भएको उक्त साधारणसभामा बैंकका शेयरधनीहरूले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।उक्त साधारणसभामा संस्थापक शेयरधनीहरूको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित भएका छन् ।

    यसैगरी, सर्वसाधारण शेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरिएको पनि सभामा जानकारी गराइएको थियो ।

    त्यस्तै बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइयो । बैंकले हाल देशभरि २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend