२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त : उपप्रधानमन्त्री खड्का


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 8.4K
    SHARES

  • images
    आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त : उपप्रधानमन्त्री खड्का


    काठमाडौं ।  वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनैपनि काम नगरेको उपप्रधान एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।  शुक्रबार नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भएपनि मध्यमस्तरको काम भने गरिरहेको बताएका छन् ।  

    ‘हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताकाबिच छलफल हुने नै छ’, उनले भने, ‘वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।’

    आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताउँदै उनले पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको बताए । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनको भनाइ थियो । 

    जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै यसबिच भएका कमीकमजोरी सुधार गर्दै जाने उल्लेख गरे । सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा उनको जोड थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend