२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा ६० जना कर्मचारी माग


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 7.6K
    SHARES

  • images
    खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा ६० जना कर्मचारी माग


    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै चौथो तहदेखि ९ तहसम्म ६० जना कर्मचारी माग गरेको हो । व्यापार कम्पनीले ९ तहमा ६ जना, ८ तहमा ३ जना, ७ तहमा २ जना, ६ तहमा १४ जना, ५ तहमा १३ जना र ४ तहमा २२ जना कर्मचारी माग गरेको छ ।

    सूचनाअनुसार ९ तह र ८ तहका लागि २ हजार आवेदन दस्तुर तोकेको छ । त्यसमा थप प्रत्येक किसिम÷समूका लागि ६ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसैगरी, ७ तह र ६ तहका लागि आवेदन शुल्क ६ सय रुपैयाँ तोकेको छ भने थप समूहका लागि ४ सय दस्तुर बुझाउनुपर्नेछ ।

    साथै, ५ तहको आवेदनका ८ सय र थप समूहका लागि ३ सय रुपैयाँ र ४ तहलाई ७ सय रुपैयाँ र थप समूहका लागि ३ सय रुपैयाँ बुझाउनुपर्ने जनाएको छ । आवेदन आगामी माघ १८ गतेसम्म दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend