२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आइएमई लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 7.8K
    SHARES

  • images
    आइएमई लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमितलाई दिने लाभांशदर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार प्रतिहजार बीमालेख बराबर अधिकतम ८० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको हो ।

    कम्पनीले सावधिक,बाल सावधिक तथा सामूहिक सावधिक बीमामा न्यूनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँ बोनस तोकेको छ भने सावधिक तथा आजीवन बीमालेखमा ३२ रुपैयाँ देखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

    यस्तै कम्पनीले अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ३२ रुपैयाँ देखि ६३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ३० रुपैयाँ देखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको हो ।

    कम्पनीले बाल वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख र वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने ३० रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend