२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 7.0K
    SHARES

  • images
     सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र तथा साधारणसभा प्रयोजनका लागि भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २७ गते कारोबार नहुने, पुस २८ शनिबार भएकोले आजसम्म कायम कम्पनीहरुले मात्र घोषणा गरेको लाभांश पाउने छन् । 

    कम्पनीको सातौँ वार्षिक साधारणसभा माघ १४ गते बोलाइएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । 

    जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश रहेको छ  । सभाले बोनस सेयरपछि चुक्तापुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend