२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माघ महिनाका लागि कुमारी बैंकले घटायो ब्याजदर


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 8.9K
    SHARES

  • images
    माघ महिनाका लागि कुमारी बैंकले घटायो ब्याजदर


    काठमाडौं । कुमारी बैंकले माघ महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले उक सूचना जारी गर्दै पुस महिनाको तुलनामा माघमा ब्याजदर घट्ने जनाएको हो । 

    बैंकका अनुसार, माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिनेछ भने  न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिने जनाएको छ । 

    त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend