२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बैंक–वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै केन्दीय बैंक


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 7.2K
    SHARES

  • images
    बैंक–वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै केन्दीय बैंक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।बैंकले २० अर्ब रुपैयाँको बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । 

    माघ ४ गते यसको साँवा र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend